२५ हजार बचतकर्ताको पैसा लगेर सहकारीका सञ्चालक गायब
काठमाडौं - काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् । एक हप्ता सहकारी विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक गायब भएका हुन् ।
अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरेका छन् । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् । सहकारी २३ वर्षदेखि सञ्चालनमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३६
प्रतिक्रिया दिनुहोस्