Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफ्रिकाबाहिर पहिलोपटक स्पेन र ब्रजिलमा मङ्कीपक्स सङ्क्रमितको मृत्यु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– अफ्रिकाबाहिर पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ।

त्यसको केहीबेरमा स्पेनले समेत भाइरस जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ जुन युरोपमै पहिलो घटना हो।

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

तर त्यसको सङ्क्रमण धेरैजसो मध्यमखालको र आम जनसङ्ख्यामा जोखिम कम हुने गरेको पाइन्छ।

ब्रजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटाभन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ।

ब्रजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १,०६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ।

ब्रजिलको स्वास्थ्य मन्त्रालयको अनुमानमा ९८ प्रतिशत पुष्टि भएका घटना पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा देखिएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३,७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ।

जसमध्ये ३.२ प्रतिशत अर्थात् १२० जना अस्पताल भर्ना भएको र १ जनाको मृत्यु भएको जनाएको छ।

उसले मृतकबारे थप विवरण दिएको छैन।

बीबीसीबाट

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्