१० अफगान सुरक्षाकर्मीलाई बाढीले बगायो
घाज्नी - लगातारको वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीको ज्यान गएको छ । घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवं मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो ।
उक्त घटनामा अन्य तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जन भन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए । एजेन्सी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३३
प्रतिक्रिया दिनुहोस्