Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आइतवारको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री दर २८ रुपैयाँ ५६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार