युक्रेनको पूर्वी क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न निर्देशन
काठमाडौँ - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी क्षेत्र डोनोट्स्कमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । आइतबार अबेर भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले यस्तो निर्देशन दिएका हुन् । उनले यो क्षेत्रमा युद्ध चर्किन सक्ने चेतावनी पनि दिएका छन् ।
उनले धेरै मानिसले डोनोट्स्क क्षेत्र छाडिसकेको र बाँकी रहेका केही मानिसहरुलाई रुसी सेनाले मार्न सक्ने भन्दै उक्त स्थान छाड्न निर्देशन दिएका हुन् । रुसी सेनाले डोनेट्स्कको धेरैजसो क्षेत्रमा कब्जा जमाइसकेको छ । डोनेट्स्कको अर्को क्षेत्रमा रुस समर्थित विद्रोहीको कब्जामा रहेका ५० युक्रेनी कैदी मारिएको विषयमा राष्ट्रसंघ र रेड क्रसका अधिकारीहरुलाई अनुसन्धानको लागि रुसले अनुरोध गरेसँगै जेलेन्स्कीले डोनेट्स्कका नागरिकलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५०
प्रतिक्रिया दिनुहोस्