चुट्किला - खाना अघि खाने कि खाना पछि
खाना अघि खाने कि खाना पछि
एक जना असाध्यै मोटो मानिस दुब्लाउने सल्लाह लिन डाक्टरकहाँ गएछ ।
मोटो मान्छे : डाक्टर साब ! मेरो जिउ असाध्यै भारी भयो म पातलो र फुर्तिलो हुन चाहन्छु ।
डाक्टर : दुब्लो हुन त सजिलो छ नि ! बिहान बेलुका २/२ वटा रोटी र तरकारी मात्र खानुस् तपाईं एक सालमै चाहेजस्तै पातलो हुन सक्नुहुन्छ ।
मोटो मान्छे : साँची डाक्टरसाब त्यो रोटी चाहिँ खाना अघि खाने कि खाना पछि ?
मेरो बाबा
प्रेमी : मलाई पैसाको सख्त जरुरत छ । मेरो बाबा बिरामी हुनुहुन्छ ।
प्रेमीका : रुपैयाँको त मलाई पनि जरुरत छ ।
प्रेमी : किन, के भयो ?
प्रेमीका : किन हुनु नि ! तिमीलाई नै दिनलाई हो ।
साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४८
प्रतिक्रिया दिनुहोस्