Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुमताजको स्टारडममा जल्थे बलिउडका अभिनेत्री

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–बलिउड सदाबहार सुन्दरी अभिनेत्री मुमताजको आज ७५ औं जन्मदिन हो । मुमताज बलिउडका ती अभिनेत्रीमा पर्थिन, जसको स्टारडमप्रति बलिउड नतमस्तक थियो । उनले ११ वर्षको उमेरमा करियरको सुरुवत गरेकी थिइन् । उनको पहिलो फिल्म ‘सोने की चिडिया’ हो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनले एकपछि अर्को हिट फिल्म दिइन् । उनले राजेश खन्ना र शम्मी कपूरका साथ कैयौं हिट फिल्म दिइन् । बलिउडमा सुपरस्टार भए पनि उनका कोही साथी थिएनन् । बलिउडका अन्य अभिनेत्रीलाई उनको स्टारडम देख्दा जलन हुन्थ्यो । एक समय थियो, अभिनेत्रीहरु मुमताजसँग कुराकानी गर्न मनपराउँदैन थिए । यो कुराको खुलासा मुमताज आफैंले एक अन्तरवार्तामा गरेकी थिइन् । ‘उद्योगमा केवल वहीदा रहमानसँग मात्र मेरो कुराकानी हुन्थ्यो । उहाँबाहेक अरु कोही अभिनेत्री पनि मसँग कुराकानी गर्न मान्दैन थिए । उनीहरु मसँग टाढिन्थे । कतिपयले त मलाई नमस्तेसम्म गर्दैन थिए । उनीहरुले मलाई किन यस्तो व्यवहार गर्छन् भन्ने मैले कहिल्यै बुझ्न सकिनँ’, उनले भनेकी छन् । मुमताज सुटिङ सकिएपछि प्रायः डान्सरसँग बसेर खाना खान्थिन् । उनका अनुसार अभिनेताहरु पनि उनलाई मनपराउँदैन थिए । कैयौं बलिउड स्टारले मुमताजसँग काम गर्न अस्वीकार गरेका थिए । यो सूचीमा शशी कपूर र जितेन्द्र जस्ता स्टार पर्दथे । मुमताजले ‘ब्रह्मचारी’, ‘लोफर’, ‘दो रास्ते’, ‘आदमी और इंसान’, ‘तेरे मेरे सपने’, ‘जीने दो’, ‘पत्थर के सनम’, ‘खिलौना’लगायतका फिल्ममा अभिनय गरेकी थिइन् । –बलिउडलाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२३
प्रतिक्रिया दिनुहोस्