अवैध ठूलो रकमका साथ पक्राउ परेका कांग्रेसका तीन विधायक निलम्बित
काठमाडौँ– पश्चिम बंगालको हावडा जिल्लामा ठूलो रकमका साथ पक्राउ परेका कांग्रेसका तीन विधायकलाई पार्टीबाट निलम्बन गरिएको छ । नयाँ दिल्लीमा पार्टीको प्रेस ब्रिफिङका क्रममा कांग्रेसका नेता अविनाश पाण्डेले यस्तो बताएका हुन् ।
कांग्रेसका यी तीन विधायक जामताडाका इरफान अन्सार, खिजरीका राजेश कच्छप र कोलेबिराका नमन बिक्सल हुन् । उनीहरु सवार गाडीबाट ४८ लाख नगद बरामद भएको थियो ।
प्रहरीले उक्त नगद रकमको स्रोतबारे केही बताएको छैन । यद्यपि, उक्त रकमको कनेक्सन पूर्वोत्तर राज्य असामसँग रहेको बताइएको छ ।
स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार केही दिन अघि झारखण्ड प्रदेश कांग्रेस कमिटीका एक पूर्व अध्यक्षसँग असामका एक बीजेपी नेतासँग भेट भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:१९
प्रतिक्रिया दिनुहोस्