Nic Ad Nic Ad
Nic Ad Nic Ad

नम्रता इन्स्टा एजुकेसनको ब्राण्ड एम्बासडरमा नियुक्त

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौता पत्र आदान–प्रदान भयो । उनी ब्रान्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो । एजुकेशन कन्सल्टेन्सी एशोसियस अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले रिवन काटेर पुतलीसडकमा रहेको स्टार मलको चौथौं तल्लामा अवस्थित कन्सल्टेन्सीको उद्घाटन गरे । ब्रान्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् । उनले आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्रान्ड एम्बासडर बन्ने निर्णय गरेको दाबी गरिन् । कन्सल्टेन्सीका निर्देशक तथा अष्ट्रेलियाका इमिग्रेशन एजेन्ट हिरा कँडेलले विगत लामो समयदेखि अष्ट्रेलियाबाट सेवा प्रदान गर्दै आएको भए पनि अब नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलियालगायतका राष्ट्रमा सहयोग गर्न कार्यालय खोलेको बताए । त्यस्तै, कन्सल्टेन्सीका नेपाल कार्यालयका एमडी हरी प्रपन्न कँडेलले आफूले लामो समयदेखि शिक्षा क्षेत्रमा बटुलेको अनुभवलाई विद्यार्थीको विदेश अध्ययन सहज बनाउन खर्चिने बताए । हरी प्रपन्न कँडेलले गोल्डेन गेट कलेजलगायतका विभिन्न क्याम्पसहरुमा अध्यापन गर्दै आएका छन् । इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको अष्ट्रेलियाको सिड्नीमा केन्द्रिय कार्यालय रहेको छ । अष्ट्रेलिया कार्यालयको प्रमुखमा हरी सापकोटा छन् । यस कन्सल्टेन्सीबाट अष्ट्रेलियासँगै क्यानडा, अमेरिका लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने सापकोटाको भनाई छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३१
प्रतिक्रिया दिनुहोस्