Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुजु फाउण्डेसनको शुभारम्भ

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको शुभारम्भ गरेका छन् । गायक अमात्य र संगीतकार ब्रजाचार्यले गत शनिबार राजधानीको गल्फुटारस्थित फाउण्डेसनको शुभारम्भ गरेका हुन् । गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भएता पनि नजिकमा संगीत विद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाए । तर अहिले यसरी जुजु फाउण्डेसन जस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरुलाई सजिलै बाहिर ल्याउन मद्धत गर्ने बताए । उनले ‘जब सन्ध्या हुन्छ’ गीत सुनाएका थिए । त्यस्तै संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्यूजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने फाउण्डेसनको उदार कामको मुक्त कण्ठले प्रशंसा गरे । त्यस्तै फाउण्डेसनका अध्यक्ष तथा गायक एवं संगीतकार सुशिल श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्धत गर्ने प्रतिवद्धता जनाए । गैर नाफामुलक हिसाबले संचालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तब्य बन्न सक्ने गायक जुजुको विश्वास रहेको छ । फाउण्डेसन करिब ५० लाखको लागतमा संचालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो । गायक तथा संगीतकार जुजुको ‘माइतीको आँगन’, ‘सुनन’, ‘आमा’लगायतका गीतहरुले चर्चा कमाएका छन् । जुजु फाउण्डेसनले निर्माण गरेका भिडियोहरु फाउण्डेसनकै आफ्नै अफिसियल च्यानल जुजु क्रियशनबाट बजारमा ल्याइने गायक सुशिल श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२७
प्रतिक्रिया दिनुहोस्