Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमनवेल्थ गेम्स: भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

बिहीबार, मंसिर ८, २०७९
लण्डन– कमनवेल्थ गेम्सको महिला टी–२० खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । भारतको जितमा स्मृति मन्धानाले महत्वपूर्ण भूमिका खेलिन् । उनले ४२ बलमा ८ चौका र तीन छक्का सहित ६३ रन बनाइन् । पहिले ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा ९९ रन बनाएको थियो । भारतले ११.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । भारतको यो पहिलो जित हो। यसअघि अस्ट्रेलियाले भारतलाई तीन विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्