Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकबीच मर्जरको सम्झौता भएको छ । काठमाडौँको होटल मेरियटमा यो सम्झौता भएको हो । मर्जर पछि बैंकको सिईयो अशोक शेरचन हुनेछन् । उनी अहिले प्रभु बैंकको सिईयो छन् । त्यस्तै, डिपुटी सिईयो भने सेन्चुरी बैंकका सीइओ मनोज न्यौपाने  पाउने भएका छन् । प्रभु बैंक र सेञ्चुरी बैंकले १:१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् । त्यस्तै, मर्जर पछि पनि बैंकको नाम प्रभु बैंक नै रहनेछ । सेन्चुरी बैँकसँगको मर्जर अघि प्रभु बैँकले किष्ट बैँकलगायतका ८ ओटा वित्तिय संस्था गाभिएर अहिलेको अवस्था आएको हो । ग्राहकको सेवा तथा बैँकको हितमा अहोरात्र खटिने बैँकका सिईओ  शेरचनकै पहलमा पछिल्लो मर्जर सम्झौता भएको हो ।  । उनले दूई बैँकको मर्जरपछि बैंकलाई थप उचाईमा पुर्‍याउने विश्वास लिएका छन् । प्राप्तिपछि एकिकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ। यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब २ अर्ब १० करोड र संचित कोष (रिजर्भ) ७ अर्ब ३५ करोड हाराहारी रहेको छ। गत आर्थिक वर्षमा प्रभु बैंकले २ अर्ब ६० करोड नाफा गरेको थियो । बैंकसँग १ खर्ब ७८ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४५ अर्ब छ । सेञ्चुरी बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन । बैंकले नाफा १ अर्बभन्दा बढी गरेको छ भने निक्षेप १ खर्बभन्दा बढी संकलन गरेको छ ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्