Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोलो, पुष्ट र आकर्षक छाती कसरी बनाउने ?

शुक्रबार, मंसिर ९, २०७९
उन्नत वक्ष–स्थल नारी शरीरको केन्द्रविन्दु मानिन्छ, यसका अभावमा शरीरको सारा सौन्दर्य समाप्त प्राय: हुने गर्दछ तर आयुर्वेदमा यसको समाधानका लागि एउटा पूर्ण पद्धति नै उल्लेख भएको पाइन्छ । क) तातो दूधमा सामान्य मात्रामा बेसार मिलाएर त्यसमा कांकोलीको बिजको चूर्ण मिलाउनुहोस् र यस मिश्रणलाई हल्का आँचमा तताउँदै जानुहोस् । दूध सुकेर लिटोजस्तो भएपछि त्यसको लेप मन तातो रहँदै हातले इच्छा अनुसारको आकारमा वक्षस्थलमा लगाउनुहोस् । ख) नरिवलको तेलमा कपिशको सुकेको फूल मिलाएर त्यसलाई घाममा एक हप्तासम्म मस रस हुने गरी राख्नुहोस् । पछि यही फूल मिलाएको तेल नित्य वक्षस्थलमा मल्ने गर्नुहोस् । यसो गर्दा केही दिनमै वक्षस्थल पुष्ट र कठोर भएर आउँछ । ग) वक्ष स्थलसम्बन्धी सबै प्रकारका समस्याबाट मुक्त हुनका लागि यो लेप निकै उपयोगी मानिन्छ— सामग्री : चमेलीको तेल १ किलो रातो भांगरा (भृंगराज) १/२ किलो सिरगोजा (चिल गोजा) १/२ किलो रस सिन्दुर १० ग्राम शुद्ध विरोजा (सल्लोको तेल) ५ ग्राम सबैभन्दा पहिले चमेलीको तेललाई मन्द आगोमा तताउनुहोस् र रातो भँगराको चूर्ण ता सिरगोजालाई मसिनो गरी पिसेर मिलाउनुहोस् र यसलाई मन्द आगोमा पकाउँदै जानुहोस् । जब तेल १ पाउ जति बाँकी रहन्छ तब यसमा रस सिन्दुर हालेर लगभग १५ मिनेट जति अझै पकाउनुहोस् । अब यसलाई तल राखेर त्यसमा ३ तोला शुद्ध केशर मिलाउनुहोस् र त्यो लेपलाई कुनै बिर्काे भएको भाँडोमा राख्नुहोस् । नित्य राति सुत्ने बेलामा स्तनमा हल्का हल्का मालिस गर्नुहोस् । खानपानमा संयमित रहनुहोस् । यसको प्रभावले केही दिनमै वक्षस्थल पुष्ट, आकर्षक र सौन्दर्ययुक्त हुन्छ । वक्षस्थल कठोर र पुष्ट हुनुका साथै सौन्दर्य कैयौँ गुणा बढ्दछ । साभार : ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार