काँकडभिट्टाबाट भन्सार छलेका लताकपडा र जुत्ता बरामद
झापा– प्रहरीले झापाको काँकडभिट्टाबाट भन्सार छलेर भित्र्याइएका लत्ताकपडा र जुत्ता बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित गैरीगाउँमा हिजो साँझ भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको साडी, कुर्था सुरुवाल, कुर्थी, लेगिज, सर्टको थान कपडा झण्डै डेढ लाख मूल्य बराबरको लताकपडा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मा भारतबाट भन्सार छलेर ल्याइएको ६० हजार मूल्य बराबरको स्पोर्टस जुत्ता बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको लत्ताकपडा र जुत्ता आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्