नेभिगेशन
सिएन ग्यालरी

साउनको तेस्रो सोमवार सुन्दरीजलमा बोलबम यात्री, हेर्नुस् फोटोमा

काठमाडाैँ– भक्तजनहरु शिवलाई शुद्ध जल चढाउन साउन तेस्रो सोमवार सुन्दरीजल पुगेका छन्। सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमवार शिवको पूजाअर्चना गरिन्छ। साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको पि्रयबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् । यस दिन शिवलाई शुद्ध जल चढाउने चलन छ । बोल बम तिर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।
प्रतिक्रिया दिनुहोस्