सलमानलाई हतियार राख्न लाइसेन्स जारी
मुम्बई– अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले हतियार राख्नका लागि लाइसेन्स जारी गरेको छ । प्रहरीले अभिनेता र उनका पिता सलीमलाई गत महिना ज्यानको धम्की आएपछि सलमानको आग्रहलाई स्वीकार गर्दै हतियार राख्नका लागि लाइसेन्स जारी गरेको हो ।
सलमान र सलीमलाई धम्की आएपछि प्रहरी आयुक्त विवेक फनसालजरसँग सलमानले हतियार राख्नका लागि अनुमति मागेका थिए । प्रहरी अधिकारीहरुका अनुसार सलमानलाई क्राफर्ड मार्केटको आफ्नो कार्यालयमा सीपी मिलेको केही दिनपछि लाइसेन्स दिइएको थियो ।
गत मेमा सलमान र सलीमलाई जाबी गायक सिद्धू मूस वाला जस्तै बनाइदिने धम्कीपूर्ण पत्र पठाइएको थियो । गायक मूसेवालाको मे २९ मा लरेन्स विश्नोई गिरोहका सदस्यले मानसा गाउँमा गोली हानी हत्या गरिदिएको थियो । विश्नोई गिरोहले सन् २०१८ मा अभिनेताविरुद्ध यस्तै किसिमको धम्की दिएको थियो ।
–दैनिक जागरण
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:०१
प्रतिक्रिया दिनुहोस्