Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमेडी हब बन्द गर्न गायक सञ्जयको माग

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–पप गायक गायक सञ्जय श्रेष्ठले हाँस्य कलाकार केदार घिमिरेको निर्देशन रहेको स्टेण्डअप कमेडी शो ‘कमेडी हब’ बन्द गर्न माग गरेका छन् । शोले सार्वजनिक गरेको १० औं भागको ट्रेलरको एक क्लिपमा भगवान शिवसँग एक युवतीले टिकटक बनाएको दृश्य राखेपछि गायक श्रेष्ठले दृश्यले भगवान शिवको अपमान गरेको दाबी गरेका छन् । ‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान शिवलाई मजाकको पात्र बनाइएको कमेडीको श्रृंखला प्रसारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस्’ सञ्जयले फेसबुकमा लेखेका छन् । उनले यो दृश्यले आफ्नो आस्थामाथि प्रहार गरेको भन्दै माफी नमागे सनातन धर्म मान्नेहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् । ‘सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गरोस् र गल्ती गर्नेहरुलाई सजाय देओस्’, उनले लेखेका छन् । ‘हामी हिन्दु धर्म मान्ने करोडौं नेपालीहरुको आस्था भगवान शिवलाई मजाकको पात्र बनाएर ‘कमेडी हब’ नाममा उच्छृंखलता पस्किने यस्तो नाजायज हिम्मत कसरी गरिन्छ र गरिएको छ ? हिम्मत छ कुनै अरु धर्म र उनीहरुको देव देवीहरूलाई यसरी मजाकको पात्र बनाउने ?’ श्रेष्ठले अगाडि लेखेका छन्, ‘९० प्रतिशत हिन्दु भएको यो देशमा यसरी भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत गर्दा पनि खै कहाँ छन शिव सेना र विश्व हिन्दु परिषद ?’ श्रेष्ठले कार्यक्रमसँग सम्बन्धित सबैले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र श्रृंखला पनि हटाउनु पर्ने माग गरेका छन् । उनले शिव सेनालगायत विश्व हिन्दु परिषद्को ध्यानाकर्षण समेत गराएका छन् । https://www.facebook.com/mrsanjayashrestha/posts/pfbid035dKNHVkPxQcRshSAPHk3B7ypTRa3FkMUQNNzFAq4CE8uDmQ79vJM4T9MGm5tQGCCl
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०१
प्रतिक्रिया दिनुहोस्