प्रभुले सेञ्चुरी कमर्सियल बैंक प्राप्ति सम्झौता पश्चात सेयर कारोबार रोक्का
काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटीको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
साउन १५ गते प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौतासँगै बैंकको सेयर कारोबार सोमबारदेखि रोक्का भएको छ । दुवै बैँकबीच प्राप्तिका लागि समझदारी पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:०३
प्रतिक्रिया दिनुहोस्