विरोधपछि कमेडी हबको भगवान शिवको दृश्यलाई हटाइयो
काठमाडौं–निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’द्वारा निर्देशित ‘कमेडी हब’को दशौं भागमा राखिएको भगवान शिवको दृश्यलाई हटाइएको छ । गायक सञ्जय श्रेष्ठसहित अन्यले कमेडी शोमा भगवान शिवको अपमान गरेको भन्दै तिब्र विरोध गरेपछि निर्माण पक्षले उक्त दृश्य युट्युब, टिकटक र फेसबुकबाट हटाएको हो ।
निर्देशक घिमिरेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै दृश्इ हटाएको जानकारी दिएका छन् । ‘मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको ‘कमेडी हब’ कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रिया प्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनले लेखेका छन् ।
उनले दर्शक, शुभचिन्तकको सल्लाह र परामर्श बमोजिम विषयवस्तुलाई युट्युब, टिकटक, फेसबुक सबैतिरबाट हटाइएको जनाएका छन् ।
https://www.facebook.com/Kedar.Ghimire.magne/posts/pfbid0ccoqNR6D1x3vH1XC4xYX4upbT51zPKQzVgU5U4uXVcqB7VAKb9LaFdTjtWfzAQEXl
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:०१
प्रतिक्रिया दिनुहोस्