प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबल कारमा छुट पाउने
काठमाडौँ– प्रभु बैंक लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि.का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु राना मगर र अन्नपूर्ण केबल कार प्रा. लि.का तर्फबाट महाप्रबन्धक दिनेश पौडेलद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त प्रा. लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले अन्नपूर्ण केबल कार प्रा. लि.द्धारा सञ्चालित केबल कार सेवा अन्र्तगत टिकट शुल्कमा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।
उक्त सम्झौता अन्तर्गत अन्नपूर्ण केबल कार प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अन्नपूर्ण केबल कार प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३३
प्रतिक्रिया दिनुहोस्