साढे चार लाख हिनामिना गर्ने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
काठमाडौँ - कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गर्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामान खरिद नगरी, हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाइ भुक्तानी लिने-दिने गरेको तथा फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा चार लाख ४७ हजार पाँच सय रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
आव २०७३/७४ मा सामग्री खरिद गर्दा उक्त हिनामिना भएको होे । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जोशीविरुद्ध हिनामिना भएको रकमबराबरको बिगो दावी गरी आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्