भारतबाट घटेर आयो पेट्रोलको भाउ
काठमाडौँ - भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ घटाएर पठाएको हो ।
अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाइएको छ ।
मूल्य घटेपछि पेट्रोलमा योभन्दा अघि रहेको घाटा अब भने नहुने देखिएको छ । तर डिजेल मट्टितेल र एलपी ग्यासमा भने घाटा नै रहेको नेपाल आयल निगमले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्