Nic Ad Nic Ad
Nic Ad Nic Ad

के भ्रष्टाचारलाई कुनै देशबाट निर्मूल गर्न सम्भव छ ?

बिहीबार, मंसिर ८, २०७९
सन् २००२ । पूर्वी युरोपको देश जर्जियाको राजधानी टिब्लिसीमा विवाह समारोह आयोजना भइरहेको थियो । दुलाहा थिए, एक जवान प्रहरी । एक वर्षअघि उनले हजारौं डलर घुस दिएर ट्राफिक प्रहरीमा जागिर पाएका थिए । त्यसकारण जागिर टिकाउन उनलाई हरेक हप्ता घुस दिनुपथ्र्याे । त्यो पनि जब उनको मासिक तलब १० डलर मात्र थियो । अब तपाईको मनमा यति कम तलब भएको मानिसले घुस कुन पैसाले दिन्थ्यो होला भन्ने प्रश्न आउन सक्छ । यो जरुरी पनि छ र जवाफ के हो भने, ऊ आफैंले ठूलो मात्रामा घुस लिने गथ्र्यो । विवाहमा उनले उपहारका रुपमा साथीभाईहरुबाट तिब्लिसीको त्यो राजमार्गमा तीन दिनका लागि पोस्टिङ पाए, जहाँ माथिल्लो कमाई सबैभन्दा बढी थियो । वल्र्ड इकोनोमिक फोरमले आफ्नो एक रिपोर्टमा कुनै पनि देशको अर्थव्यवस्थाको लागि भ्रष्टाचार कति घातक हुनसक्छ भन्नेबारे उल्लेख गरेको छ । विश्वका कैयौं देश यस्तो समस्याबाट गुज्रिरहेको छ भने यो देशले के गर्न सक्छ ? दैनिक रुपमा भ्रष्टचारको सामना गर्ने कैयौं मानिस सधै एउटै प्रश्न गर्छन्, ‘के कुनै पनि देशका लागि भ्रष्टाचारको अन्त्य गर्न सम्भव छ ?’ यस प्रश्नको जवाफ खोज्न बीबीसीले जर्जियामा भ्रष्टाचार नियन्त्रण गर्ने विधिहरूलाई नजिकबाट नियालेका चारजना विज्ञहरूसँग कुरा गरेको छ । भ्रष्टाचार हुन दिँदैन जर्जियामा हुर्के बढेकी पत्रकार नतालिया अंतेलावा भन्छिन् ‘जब एक यस्तो समाजमा हुर्किएको हुनुहुन्छ, जहाँ भ्रष्टाचार हुन्छ । तब यसको असर जताततै देखिन्छ, सुरुवातदेखि अन्तिमसम्म । ’ उनका अनुसार २१ औ शताब्दीको पहिलो दशकतिर जर्जियामा भ्रष्टाचारले जताततै प्रवेश पाएको थियो । ‘जब म सानो थिएँ, त्यो बेला अधिकांश समय बिजुली हुँदैन थियो । बिजुली मर्मतका लागि जुन रकम तय हुन्थ्यो, त्यो सबै उर्जा मन्त्रीको गोजीमा जान्थ्यो ।’ उनका अनुसार बिजुली नहुँदा घर न्यानो राख्न गाह्रो हुन्थ्यो । त्यो समयमा अधिकांश बालबालिकाको मृत्यु चिसोले भएको थियो । थप समस्याहरु थिए । पर्याप्त मात्रामा ब्रेडसम्म पनि उपलब्ध थिएन । उनले तत्कालीन कृषि मन्त्रीले ‘देशको अधिकांश गहुँ बेचेको’ बताइन् । सरकारी जागिरमा तलब अत्यन्त कम थियो र कर्मचारीले घुस लिएर त्यसको पूर्ति गर्ने विश्वास थियो । त्यसको प्रत्यक्ष चोट आम जनतालाई परेको थियो । सन् २००३ सम्ममा आईपुग्दा जर्जियाको अवस्था यस्तो भयो कि सबै थकित भए । त्यो वर्ष चुनावमा धाँधली भएको भन्दै जनता सडकमा उत्रिए । ‘मलाई सम्झना छ कि जब म मतदान केन्द्रमा पुगें, तब मेरो नाम लिस्टमा थिएन । मेरो बुबाको नाम थियो । जबकि उहाँको मृत्यु सात वर्षअघि नै भइसकेको थियो । त्यसपछि चुनावमा ठूलो धाँधली भयो र सयौं जनता सडकमा उत्रिए’, नतालियाले भनेकी छन् । विरोध प्रदर्शनको अगुवाई देशको पूर्व कानूनमन्त्री मिखाइल साकाशविली गरिरहेका थिए । यसको दुई वर्षअघि उनी त्यतिबेला चर्चामा आए, जब उनले मन्त्रीपरिषद बैठकमा फोटो खिचाउँदै सरकारी कर्मचारीहरु जनताको पैसाले आलिशान भवन किन्छन् आरोप लगाए । नोभेम्बर २००३ मा उनी आफ्ना समर्थकहरूसँग संसदमा प्रवेश गरे । तत्कालीन राष्ट्रपति भागे । त्यसको दुई महिनापछि नयाँ तरिकाले निर्वाचन भयो र मिखाइलको गठबन्धनले ९६ प्रतिशत मत प्राप्त गर्यो । त्यसपछि भने जर्जियामा सुधारको अवधि सुरु भयो । यीे काममा युवाहरुको टोली परिचालन गरियो । तीमध्ये अधिकांश २० देखि ३० वर्षका थिए । नयाँ सुरुवात जर्जियामा सुधारको सुरुवात गर्ने टोलीका सदस्य रहेका शोटा उटियाशविली भन्छन्, ‘जब म पहिलो पटक मन्त्रालयमा गएँ, तब मेरो दिमागमा आएको पहिलो तस्विर अनौठो थियो । त्यहाँको भवन चर्किरहेको थियो र त्यहाँ फरक गन्ध आइरहेको थियो । त्यहाँको ढल निकासले राम्रोसँग काम गरिरहेको थिएन, जुन त्यतिबेला धेरै सामान्य थियो ।’ शोटा उटियाशविली अहिले थिंक ट्याङ्क ‘जर्जियन फाउन्डेसन फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’ मा वरिष्ठ फेलोको रूपमा काम गर्छिन् । जर्जियामा भ्रष्टाचारविरुद्ध लड्ने वाचा विगतमा पनि धेरै पटक गरिएको थियो तर कहिल्यै कार्यान्वयन भने भएन । यस्तो अवस्थामा नयाँ सरकारलाई आफ्नो छवि जोगाउन द्रुत कदम चाल्नुपर्छ भन्ने थाहा थियो । शोटा भन्छिन्, ‘हामीले ट्राफिक प्रहरीबाट सुधारको थालनी गर्ने निर्णय गर्यौ । यो सत्य हो कि ट्राफिक प्रहरी कुनै पनि प्रहरीको सबैभन्दा महत्वपूर्ण अंग होइन तर सबैभन्दा बढी देखिने गर्दछ । जबसम्म आम मानिसहरु जीवनमा भ्रष्टाचारको सामना गरिरहन्छन्, तबसम्म उनीहरूलाई सरकार भ्रष्टाचार अन्त्य गर्नको लागि परेको छ भन्ने कुरामा विश्वास हुँदैन ।’ उनी अगाडि भन्छिन्, ‘फोर्स सुधार गर्न असम्भव छ भन्ने हामीले पायौं । त्यसकारण पूरै फोर्सलाई खारेज गरेर नयाँ सुरुवात ग¥यौं ।’ रातारात, जर्जियाको सम्पूर्ण ट्राफिक पुलिस फोर्स अर्थात् १६ हजार जनालार्ई बर्खास्त गरियो । शोटा र उनको टोलीले नयाँ मानिसलाई नियुक्त गरे । फोर्समा भर्ना हुनेको संख्या कम थियो, त्यहीकारण उनीहरूलाई राम्रो तलब दिन सम्भव थियो । नवनियुक्त मानिसका लागि ‘आचार संहिता’ अर्थात नियमावली पनि तय गरियो । नयाँ फोर्सका लागि विज्ञापन बनाइयो र टेलिभिजनमा प्रसारण गरियो । त्यस्तै नयाँ प्रहरीमाथि निगरानी राख्न अन्डर कभर एजेन्टहरू तैनाथ गरिए । यदी कोही घुस लिँदालिँदै पक्राउ परे तुरुन्तै बर्खास्त गरिन्थ्यो । त्यसको प्रभाव पनि देखियो । सम्पर्कबारे सतर्कता स्वीडिश इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सका अनुसन्धानकर्ता योहान एनवाल भन्छन्, ‘मैले जर्जियाको भ्रमण गरेको थिएँ । म उनीहरूले भ्रष्टाचारलाई कसरी नियन्त्रण गरे भनेर हेर्न चाहन्थें । मैले ती देशहरुमा अध्ययन गरेको छु, भ्रष्टाचार ठूलो समस्या छ । तिनको समाधान गर्न लगभग असम्भव छ ।’ योहान एनवालले जर्जियाको सफलताको कथा अध्ययन गरिरहेका थिए । त्यसबेला उनलाई धेरै चाखलाग्दो विषय भनेको त्यहाँको शिक्षा प्रणालीमा भएको सुधार थियो । प्रहरी फोर्स जस्तै यहाँ पनि सबैलाई बर्खास्त गरियो । त्यसपछि थोरै संख्यामा राम्रा मान्छे नियुक्त भए । घुसखोरी रोक्न, आम मानिसहरू र अधिकारीहरू बीचको सम्पर्क धेरै हदसम्म सीमित रहेको योहानको भनाई छ । नयाँ सरकार बनेको डेढ वर्षपछि सबै विश्वविद्यालयमा प्रवेश परीक्षा सञ्चालन गरियो । योहानका अनुसार परीक्षाका प्रश्नपत्र बेलायतको क्याम्ब्रिज युनिभर्सिटीको प्रिन्टिङ प्रेसमा छाप्न पठाइएको थियो । छापेपछि उनीहरुलाई प्रहरी भ्यानमार्फत बैंकको सुरक्षित दराजमा राखिएको थियो । परीक्षा हुँदा सबै केन्द्रमा प्रहरी तैनाथ गरिएको उनी बताउँछन् । सबै कोठामा सीसीटीभी क्यामेरा जडान गरिएको थियो । परीक्षा दिने विद्यार्थीका अभिभावकले प्रतिक्षा कक्षमा बसेर सम्पूर्ण प्रक्रिया हेर्न सक्थे । भ्रष्टाचारमा प्रतिबन्ध लगाएको कारण पैसा सिधै सरकारी कोषमा जाने गरेको उनको भनाइ छ । कर जम्मा गर्ने होस्, ट्राफिक सम्बन्धी जरिवाना होस् वा सरकारलाई अन्य भुक्तानी, सबै कुरा अनलाइन हुन थाल्यो । फलस्वरुप सरकारको आम्दानीमा उल्लेख्य वृद्धि भयो । राष्ट्रपति साकाशभिलीको पहिलो कार्यकालमा नै देशको बजेट १२ गुणाले बढेको थियो । परिवर्तनको पाठ जर्जियाको ट्रान्सपरेन्सी इन्टरनेशनलका प्रमुख एका गिगौरी भन्छिन्, ‘साकाशविलीको मामला शक्ति कसरी विकृत हुन्छ भन्ने उदाहरण हो ।’ सन् २००४ मा नयाँ प्रहरीमा भर्ना भएका युवाहरूमध्ये एका गिगौरी पनि थिइन् । तर सन् २००८ मा उनले रिसाएर प्रहरी छाडिन् । प्रहरीले प्रदर्शनकारीमाथि गरेको व्यवहारबाट उनी आक्रोशित भइन् । उनी भन्छिन्, ‘राष्ट्रपति साकाशविली यति हतारमा थिए कि उनले कानुनी प्रक्रियालाई बेवास्ता गर्न थाले । तर, यो प्रक्रियालाई राम्ररी पालना गरेको भए प्रत्येक कर्मचारीको जानकारी संकलन गर्न धेरै वर्ष लाग्न सक्थ्यो र त्यतिन्जेल परिवर्तनको अवसर गुम्न सक्थ्यो । त्यतिबेला न्याय प्रणाली भ्रष्टाचारमुक्त थियो तर धेरैको विचारमा त्यो न्यायोचित थिएन । त्यसकारण उनको निर्णयले जनताको गुनासो बढ्दै गयो । त्यस्तै कहिलेकाहीँ सरकारको विरुद्धमा बोल्नेलाई कानुन पालना गर्ने एजेन्सीलाई हतियारका रूपमा प्रयोग गरिएको एकाको भनाइ छ । उनी भन्छिन् ‘राष्ट्रपति साकाशविलीमा देश बचाउन सक्ने आफु मात्र एक्लो हो भन्ने भ्रम रहन थाल्यो । यदी उनले राष्ट्रपति पद छोडे भने जर्जिया फेरि पुरानो भ्रष्ट व्यवस्थामा फस्नेछ भन्नेमा उनी निश्चित थिए । यस्तो अवस्थामा उनले सत्तामा बस्नका लागि हरेक हतकण्डा अपनाउन थाले । उनी राष्ट्रपति बनेको केही समयपछि संसदको सट्टा राष्ट्रपतिको हातमा अधिकार आएको विधेयक पारित भयो । त्यसपछि धेरैले यसलाई सही ठाने, तर २०१३ मा दुई कार्यकाल पूरा गरेपछि साकाशविलीले चुनाव हारे । माथि सुरुवातको प्रश्नलाई र्फकिएर हेरौं कि के देशले भ्रष्टाचार अन्त्य गर्न सम्भव छ ? जवाफ रहेको छ हो, पक्कै पनि यो हुन सक्छ । विज्ञहरूले भनेजस्तै, यसका लागि जनताको समर्थन हुनु जरुरी छ । प्रशासनमा बसेका पदाधिकारी र जनताबीच निश्चित दूरी कायम गर्नुपर्छ । निर्णयहरू कार्यान्वयन गर्नको लागि तपाईंको हातमा पर्याप्त शक्तिहरू पनि हुनुपर्छ । –बीबीसीबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्