Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी सभामुखले ताइवान भ्रमण गर्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने अपेक्षा गरिएको ताइवानी र अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै सीएनएनले जनाएको छ । पेलोसी हाल एसिया भ्रमणका क्रममा सिंगापुर पुगेकी छन्। सार्वजनिक गरिएको भ्रमण सूचीमा पेलोसी ताइवान जाने उल्लेख छैन । तर, एक रात बस्नेगरी ताइवान पुग्ने ताइवानी अधिकारीहरुले बताएका छन् । यद्यपि उनी कुन दिन ताइवान पुग्नेछिन्, स्पष्ट छैन । अमेरिकी सभामुखले २५ वर्षपछि पहिलो पटक ताइवान भ्रमण गर्न लागेका हुन् । यसले दुई मुलुकबीच तनाव सिर्जना गरेको छ । चीनले पेलोसीको भ्रमण भए त्यसको कठोर जवाफ दिने चेतावनी दिएको छ । बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई घण्टा १७ मिनेट लामो टेलिफोन संवादमा अमेरिकी समकक्षी जो बाइडेनलाई पनि ताइवानको विषयमा ‘आगोसँग नखेल्न’ चेतावनी दिएका थिए । अमेरिकी सरकारी अधिकारीहरुले पनि पेलोसीलाई ताइवान भ्रमण नगर्न सुझाएका थिए । सीएनएन
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्