Nic Ad Nic Ad
Nic Ad Nic Ad

सलमान खानलाई बन्दुक बोक्ने अनुमति

बुधबार, मंसिर ७, २०७९
मुम्बई - ज्यान मार्ने धम्कीपछि बलिउड अभिनेता सलमान खानले हतियार राख्ने अनुमति पाएका छन् । केही समयअघि अभिनेता खानलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा निवेदन दिएका थिए । त्यसलगत्तै उनको सुरक्षा प्रबन्ध कसिलो बनाइएको थियो । सलमानले बन्दुक राख्ने इजाजतका लागि निवेदन दिइएको र त्यस सम्बन्धमा मुम्बई प्रहरी प्रमुख विवेक फणसालकरसँग छलफलसमेत भएको बलिउड हंगामाले जनाएको छ । प्रहरीले सलमानमाथिको ‘थ्रेट’ लाई अनुसन्धान गर्दा तथ्यसहितको प्रमाण भेटिएपछि प्रशासनले उनलाई बन्दुक बोक्ने इजाजत दिएको हो । सलमानले आफ्नो निजी गाडीलाई पनि बुलेट प्रुफ बनाएको छ । लारेन्स बिश्नोई समूहले सलमानलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले निष्कर्ष निकालेको छ। केही समयअघि पञ्जाबका गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:००
प्रतिक्रिया दिनुहोस्