जर्मनीलाई हराउँदै पहिलोपल्ट इङल्याण्डले जित्यो महिला युरोकप
काठमाडौँ - इङल्याण्डले पहिलोपल्ट महिला युरोपेली च्याम्पियन्सिपको उपाधि जितेको छ । फाइनल खेलमा जर्मनीलाई २-१ गोलले पाखा लगाउँदै इंग्ल्याण्डले उपाधिमा कब्जा जमाएको हो ।
आइतबारको फाइनल खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी एल्ला टूनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ७९ औं मिनेटमा जर्मनीकी लिना मगुलले बराबरी गोल फर्काइन् ।
निर्धारित ९० मिनेटमा स्पष्ट नतिजा आउन नसकेपछि अतिरिक्त समयतर्फ अघि बढेको खेलको ११० औं मिनेटमा इङल्याण्डको लागि क्लोए केल्लीले निणर्ायक गोल गरिन् । इङल्याण्डको महिला फुटबल टोलीको लागि यो पहिलो प्रमुख उपाधि हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:४८
प्रतिक्रिया दिनुहोस्