यसरी हटाउनुहोस् गर्मीले निम्त्याएको अनुहारको डण्डिफोर र रातो दाग
छाला शरीरको महत्वपुर्ण अंग हो । यसलै शरीरको सम्पुर्ण भागलाई ढाकेको हुन्छ । छालाले नै शरीरलाई बाहिरी आक्रमणबाट बचाउँछ । तर यहि छालाको स्याहार पुगेन भने यसले मानिसको सुन्दरतामा असर पर्दछ ।
अझ गर्मीयाममा अनुहारमा आउने डण्डिफोर र राता दागको समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पर्दछ । गर्मियाममा आउने यस्ता डण्डीफोर र राता दागलाई सजिलै घरेलु उपायबाट नियन्त्रण गर्न सकिन्छ ।
टिप्स १
अनुहारमा आउने डण्डिफोर र रातो दागका लागि रातभरी भिजाएको चामलको पिठो बनाई त्यसमा सुन्तलाको बोक्राको धुलो मिसाएर पेस्ट बनाइ लगाएमा यसले धेरै हदसम्म राहत दिन्छ ।
यसरी लगाइने पेष्टलाई अनुहारमा लगाई करीब आधा घण्टा पछाडि धुनु पर्दछ । यसो गर्नाले अनुहारको डण्डिफोर र रातो दाग हटेर जानेछ ।
टिप्स २
गुलाफको पातलाई लेदो हुने गरी पिसेर त्यसमा कागतीको रस मिलाएर त्यो लेप अनुहारमा लगाउनु पर्दछ । यदि कागती सम्भव नभएमा गोलभेडाको रस निकालेर गुलाफको पातको लेदोमा मिसाएर करीब १५ मिनेट अनुहारमा राखेर धुन सकिन्छ ।
अनुहार धोएपछि कलिलो निमको पातलाई पिसेर लेदो बनाई १० मिनेट अनुहारमा राखि धुनु पर्दछ । यसो गर्नाले केहि दिनमा नै अनुहारको डण्डिफोर हटेर जानेछ । साथै अनुहारमा समेत चमक ल्याउँछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:२७
प्रतिक्रिया दिनुहोस्