नेपाल लाइफको शेयर ३,००० बाट झरेर ८१४ रुपैयाँमा पुग्यो
काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएको छ ।
गत वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३००० रुपैयाँसम्म पुगेको थियो । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि कम्पनीको शेयर ८१४ रुपैयाँमा कारोबार भएको छ । सो हिसाबले अहिले घट्दा लगानीकर्ताले प्रतिकित्ता २१८० रुपैयाँ गुमाएका छन् ।
गत वर्षको कम्पनीले १४ प्रतिशत मात्रै लाभांश दिएकोसँगै शेयर मूल्य ओरालो लागेको थियो । जब कि कम्पनीले अझै एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ ।
समग्र शेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको शेयर मूल्य ३००० सम्म पुगेको थियो । तर अहिले शेयर बजार २१९६ अंकमा हुँदा नेपाल लाइफको शेयर भने उच्च अंकले गिरावट आएको हो । नेपाल लाइफको शेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ ।
पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको शेयर मूल्य ५२ हप्ता अगाडि उच्चमा २०८५ रुपैयाँ थियो । नेपाल लाइफको शेयर केही साता अगाडि शेयर मूल्य ६५४ रुपैयाँमा झरेको थियो ।
लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजि सात अर्ब १९ करोड थियो । सो आधारमा गत वर्ष कम्पनीको कूल पुँजिकरण दुई खर्ब १५ अर्ब बजार पुँजीकरण पुगेको थियो ।
अहिले पुँजि बढेर आठ अर्ब २० करोड पुग्दा समेत पुँजिकरण भने घटेर ६६ अर्बमा आइपुगेको छ । वर्षदिनमा नेपाल लाइफको बजार पुँजिकरण एक खर्ब ५४ अर्ब रुपैयाँले घट्न पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्