Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा बालबालिकाको मोटोपना महामारी बन्ने संकेत

बिहीबार, मंसिर ८, २०७९
नयाँ दिल्ली– उमेरका हिसाबले छोटो कदका बालबालिकाको मामिलामा भारत लामो समयसम्म विश्वको शीर्ष स्थानमा थियो। अहिले भारतमा बालबालिकामा मोटोपना डरलाग्दो मात्रामा बढेको छ र यसलाई तुरुन्तै नियन्त्रण गर्न नसके यसले महामारीको रुप लिन सक्ने विज्ञहरुको डर छ । जब १३ वर्षीय मिहिर जैन बेरियाट्रिक सर्जन डा प्रदीप चौबेसँग सल्लाह लिनको लागि २०१७ मा दिल्लीको म्याक्स अस्पतालमा व्हीलचेयरमा आइपुगे, डाक्टरले आफ्नो आँखालाई विश्वास गर्न सकेनन्। डा. चौबे सम्झन्छन्, 'मिहिर धेरै मोटा थिए, उनी राम्ररी उभिन सक्दैनन् र आँखा मात्रै खोल्न सक्थे। उनको तौल २३७ केजी थियो र उसको बडी मास इन्डेक्स (बीएमआई) ९२ थियो।' विश्व स्वास्थ्य संगठनका अनुसार बीएमआई २५ भन्दा माथि भएमा मानिसलाई मोटो मानिन्छ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्