Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेको आरोप छ । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियारले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार