Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकहरुबाट १६ दिनमै बाहिरियो एक खर्ब निक्षेप, १७ अर्बले घट्यो कर्जा प्रवाह

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - साउनको १६ दिनमा वाणिज्य बैंकहरुबाट मात्रै एक खर्ब बढी निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एशोसिएसनको तथ्याङ्कअनुसार असार मसान्तसम्म कूल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन १६ गतेसम्म आउँदा ४४ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको हो ।

त्यस्तै सो अवधिमा कर्जा प्रवाह पनि १७ अर्ब घटेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन १६ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ । साउन लागेयता बैंकहरुबाट निक्षेप उच्च दरले बाहिरिएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको थियो भने कर्जा ४ खर्ब ५४ अर्ब विस्तार भएको थियो ।

२०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो । २०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्