Nic Ad Nic Ad
Nic Ad Nic Ad

समयको सीमितता : एक प्रेरक प्रसङ्ग

शुक्रबार, मंसिर ९, २०७९
प्रसिद्ध विज्ञान चिकित्सक अमरनाथ झा बडो समय चिन्ने मानिस थिए । एक पटक उनी पटना गएका थिए । त्यहाँ साहित्यकारको एउटा गोष्ठी आयोजना गरिएको थियो । जहाँ डाक्टर झालाई मुख्य अतिथि बनाइएको थियो । उनले निमत्रणा स्वीकार गरे र आयोजकसँग भने उनी निर्धारित समयमा अर्थात् ५:३० बजे कसैलाई उनको निवास स्थानमा लिन पठाउनु । डाक्टर झा ५:३० मा तयार भएर बसे, तर उनलाई लिन आउने मानिस ६ बजे पछाडि आए । आउनेबित्तिकै उनले क्षमा माग्न थाले । डाक्टर झाले गोष्ठीमा जान अस्वीकार गरे । सज्जनले धेरै आग्रह गरे तपाईंविना हाम्रो गोष्ठी असफल हुनेछ भने । उनले नम्रताले जवाफ दिए, तपाईंको गोष्ठी असफल भएकोमा मलाई खेद छ तर ढिलो गएर काम गर्न मलाई स्वीकार्य छैन । साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार