आलियाको गुनासो–रणवीरले मेरो खुट्टाको मसाज गर्दैनन्
मुम्बई–बलिउड अभिनेत्री आलिया भट्ट चाँडै नै आमा बन्दैछिन् । हालै एक अन्तरवार्तामा पति कपूरले उनलाई कसरी स्याहार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो ।
उनले आफूलाई विशेष अनुभव दिनका लागि रणवीरले कैयौं काम गर्ने गरे पनि मेरो खुट्टाको मसाज भने उसले नगरेको खुलासा गरेकी छन् ।
‘ऊ जहिल्यै मप्रति राम्रोसँग ध्यान दिन्छ । हालका दिनमा उसले अझ बढी ध्यान दिन थालेको छ । तर के उसले मेरो खुट्टाको मालिस गर्छ भनेर तपाईं सोध्नुहुन्छ भने त्यो काम उसले गर्दैन् । तर ऊ मलाई विशेष अनुभव गराउन धेरै काम गर्दछ’, उनले भनेकी छन् ।
रणवीर र आलियाले यसै वर्षको अप्रिल १४ मा विवाह गरेका थिए । यो जोडी ५ वर्षसम्म प्रेम सम्बन्धमा थिए । उनीहरुको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो ।
–दैनिक भास्कर
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्