शिक्षकको महत्व दर्शाउने उत्कृष्ट कवितालाई प्रकाशको एक लाख पुरस्कार
काठमाडौं–शिक्षकको महत्वलाई थिम मानेर अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ले ‘अन्तर विद्यालय÷कलेज कविता प्रतियोगिता’को आव्हान गरेको छ । प्रतियोगितामा १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले भाग लिन पाउने भएका छन् ।
नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको प्रतियोगितामा पहिलो हुनेले एक लाख रुपैयाँ पुरस्कार, दोस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । भिडियो कविताको लम्बाई एकदेखि साढे एक मिनेटसम्मको हुनुपर्नेछ । प्रतियोगीले आफूले मोबाइल वा क्यामराबाट खिचेको भिडियो पठाउनुपर्नेछ ।
उत्कृष्ट भिडियो क्यानडा नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ । साउन २० गतेदेखि सुरु हुने प्रतिस्पर्धा भदौ २० गतेसम्म चल्नेछ । भदौ १० गते प्रदर्शन तयारीमा रहेको फिल्मले शिक्षक बन्न संघर्षरत एक जुम्ली युवाको कथालाई प्रस्तुत गरेको छ । दिनेश राउत निर्देशित फिल्ममा महेन्द्र अधिकारी निर्माता छन् ।
फिल्ममा प्रदीपसँगै दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्