Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेता प्रदीपलाई भारतमा बडीगार्डसहितको सुरक्षा (भिडियोसहित)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–पाँच वर्षअघि फिल्म ‘लिली बिली’को घोषणा कार्यक्रममा अभिनेता प्रदीप खड्का चार बडीगार्डसहित कार्यक्रमस्थल पुग्दा उनको त्यो शैलीलाई धेरैले आलोचना गरेका थिए । कतिपयले प्रदीपले आफ्नो रवाफ देखाएकोसम्म भने। तर यिनै प्रदीपलाई अहिले भारतीय बडीगार्डले पनि सुरक्षा दिइरहेका छन् । यो कुरा सुन्दा तपाईंलाई अचम्म लाग्ला । आगामी सेप्टेम्बर २३ देखि भारतका विभिन्न सहरमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को प्रमोसनका लागि प्रदीप यतिबेला भारतमा छन् । मंगलबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा प्रदीप उपस्थित हुँदा उनलाई भारतका उच्च सेलिब्रेटीलाई सुरक्षा दिने बडीगार्ड पनि उनीसँगै थिए । उनलाई बलिउडको टप सेलिब्रेटी सेक्युरिटी लिडर मनीष सिडेजले सुरक्षा दिएका छन् । मनीषले बलिउड अभिनेत्री अनन्या पाण्डेसहित कैयौं सेलिब्रेटीलाई बडीगार्डका रुपमा सुरक्षा प्रदान गर्दै आएका छन् । पत्रकार सम्मेलनमा अभिनेत्री कृष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोष सेनको पनि उपस्थिति थियो । फिल्मलाई भारतमा जी म्युजिक, युएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् । फिल्मको प्रचारप्रसारका लागि नयाँदिल्ली र मुम्बईका डिजिटल होर्डिङ बोर्डमा फिल्मका पोस्टर राखिएका छन् । फिल्म नेपालमा असोज ७ गते रिलिज हुँदैछ । [video width="640" height="352" mp4="https://www.canadanepal.com/uploads/articles/2022/08/video-1659525138.mp4"][/video]   [video width="368" height="640" mp4="https://www.canadanepal.com/uploads/articles/2022/08/video-1659526692.mp4"][/video]
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५६
प्रतिक्रिया दिनुहोस्