Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृष्णलीलाको अष्ट्रेलिया राइट बिक्री

बुधबार, मंसिर ७, २०७९
काठमाडौ– फिल्म ‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा फिल्मको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्णलीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो । दीपक ओली निर्देशित फिल्म फस्र्टलुक पोस्टर सार्वजनिकसँगै चर्चामा रहदै आएको छ । फिल्मका दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर..अटल वाचा गरें’ रुचाइएका गीत हुन् । फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले अष्ट्रेलिया राइट महंगो रकममा बिक्री गरिएको जानकारी दिए । उनले फिल्मको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए । कृष्णजन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँको अभिनय छ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार