Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा एक वर्षमा ३३ हजार ७ सय ३८ सवारी साधन कारबाहीमा

बिहीबार, मंसिर ८, २०७९
चितवन– चितवनमा एक वर्षको अवधिमा ३३ हजार ७ सय ३८ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक बर्ष २०७८र०७९ मा कारबाहीका परेका सवारी साधन बापत जरिवानाबाट ३ करोड ८ लाख ५४ हजार पाँच सय राजश्व सङ्कलन भएको छ । कार्यालयले सडकमा गुड्ने ट्रक–ट्रिपर, बस, माइक्रो बस, जीप कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्य सवारी साधनबाट हुने ट्राफिक कारवाहीबाट जरिवाना असुल्दै आएको छ । सबैभन्दा बढी राजश्व सङ्कलन मोटरसाइकल, कम ट्याक्टरबाट जिल्लाका सडकमा चल्ने सबै सवारी साधनमध्ये सबैभन्दा बढी ट्राफिक कारबाहीमा मोटरसाइकल परेका छन् र यसबाटै बढी राजश्व सङ्कलन भएको छ । एक वर्षमा कार्यालयले ९ हजार २ सय ५१ वटा मोटरसाइकलबाट ७८ लाख ५४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने १ हजार ५सय ७२ वटा ट्याक्टर कारबाईबाट १५ लाख ६८ हजार पाँच सय सङ्कलन गरेको छ । यसैगरी, ६ हजार २३८ वटा ट्रक/टिपर कारबाईबाट ६८ लाख २४ हजार रुपैंया , ७ हजार ७२२ वटा जीप/ कार कारबाईबाट ७० लाख ९४ हजार पाँच सय,४ हजार ५७ वटा बस/माइक्रो कारबाईबाट ३७ लाख ८५ हजार र ४ हजार ८ सय ८८ वटा टेम्पो र अन्य सवारी साधन कारबाईबाट ३७ लाख २८ हजार रुपैंया सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख धर्मबहादुर थापाले सवारीसाधनको सङ्ख्या बढेसँगै ट्राफिक उल्लङ्घनको सङ्ख्या पनि वृद्धि हुने बताए । उनका अनुसार जिल्लाका सडकमा चल्ने सवारीसाधन मध्ये दुई चक्के सवारी साधनको सङ्ख्या बढी भएको र उल्लङ्घनका घटना पनि सोही प्रकृतिका सवारीसाधनबाट भएकोले औसत रुपमा अन्य सवारीसाधन भन्दा मोटरसाइकलको कारबाही सङ्ख्या सँगै राजश्व पनि बढेको हो । ट्याक्टरको सङ्ख्या कम रहेको र विशेष गरी ग्रामीण इलाकामा कृषिकर्म र ढुवानीमा प्रयोग हुने भएकोले कारबाहीसँगै राजश्व कम भएको उनको भनाई छ । “कतिपय जरिवाना गल्ती र सवारीसाधनको प्रकृति अनुसार पनि हुन्छ ।” उनले भने।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार