ताइवान नजिकै चीनले गर्यो दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
काठमाडौँ - चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा दुई डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ः५६ बजे क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको छ । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।
यसअघि सन् १९९६ मा पनि बेइजिङ र ताइपेइबीच तनाव हुँदा चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेको थियो । विज्ञहरूले चीनले ताइवानको आकाशमाथिबाट क्षेप्यास्त्र प्रहार गर्न सक्ने अनुमान गरेका छन् ।
https://twitter.com/libijian2/status/1555103517110566914?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1555103517110566914%7Ctwgr%5E17d9dea4449d0712606136882486b90356fddb5f%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F255546%2F2022%2F8%2F4%2Fchina
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०५
प्रतिक्रिया दिनुहोस्