रारा राष्ट्रिय म्यूजिक अवार्डको तयारी
काठमाडौं–कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्को आयोजनामा ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजकले जनाएका छन् ।
आगामी असोजमा महिनामा काठमाडौंमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेस सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ ।
संस्थाका अध्यक्ष कलाकार पदम रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।
काठमाडौंबाहिरका सहभागीले पनि गीतको क्लिप पठाएर सहभागिता जनाउन सक्ने रोकायाले बताए । आवदेन शुल्क भने इसेवा वा मोवाइल बैकिङबाट पठाउन सकिनेछ । कर्णाली कलाकार समाजले स्थानीय कला सस्कृतिको प्रवद्र्धनका लागि समय समयमा सांस्कृतिक महोत्सव गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०६
प्रतिक्रिया दिनुहोस्