Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

बुधबार, मंसिर ७, २०७९
मुम्बई–बलिउड र टेलिभिजन उद्योगका लोकप्रिय कलाकार मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिथिलेशको बुधबार बेलुका ६८ वर्षको उमेरमा मुटु रोगका कारण निधन भएको छ । उनको निधनको पुष्टि उनका ज्वाइँ आशीष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका हुन् । तपाईं संसारकै राम्रो पिता हुनुहुन्थ्यो । तपाईंले मलाई ज्वाईका रुपमा नभई एक छोराका रुपमा प्रेम दिनुभयो । भगवान तपाईंको आत्मलाई शान्ति प्रदान गरुन्’,उनले सामाजिक सञ्जालमा लेखेका छन् । मिथिलेशको निधनले बलिउडमा शोकको लहर छाएको छ । मिथिलेश लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । केही दिनअघिमात्र उनलाई हृदयघात भएको थियो । हृदयघातपछि उनी परिवारसँग बस्नका लागि लखनऊ गएका थिए । उनको निधन हृदयघातका कारणले भएको बताइएको छ । मिथिलेशले आफ्नो फिल्मी करियरमा कैयौं ठूला फिल्ममा अभिनय गरेका छन् । उनले ‘गदरः एक प्रेम कथा’, ‘सत्या’, ‘अशोका’, ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’ र ‘रेडी’मा अभिनय गरेका थिए । ऋतिक रोशनको फिल्म ‘कोई मिल गया’का कारण उनले अलग पहिचान बनाएका थिए । यो फिल्ममा उनले ऋतिकको कम्प्यूटर शिक्षकको भूमिकामा अभिनय गरेका थिए । मिथिलेश वेब सिरिज ‘स्केम १९९२’मा पनि देखिएका थिए । –बलिउड हंगामा
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार