Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ दिल्लीमा निषेधाज्ञा जारी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– भारतको नयाँ दिल्लीमा निषेधाज्ञा जारी भएको छ । कांग्रेसले मुद्रास्फीति र बेरोजगारीको विषयमा देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । यस अवधिमा प्रधानमन्त्री निवास घेराओ गर्ने योजना पनि छ । यसैबीच, दिल्ली पुलिसले जन्तर मन्तर बाहेक सम्पूर्ण नयाँ दिल्ली क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कांग्रेसले देशव्यापी विरोध प्रदर्शनका क्रममा संसदबाट राष्ट्रपति भवनसम्म पदयात्रा र प्रधानमन्त्री निवास घेराओ गर्ने पनि योजना बनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले बिहीबार बिहानै अकबर रोडमा रहेको कांग्रेस मुख्यालयमा सुरक्षाकर्मीको सङ्ख्या बढाएको छ। जताततै ब्यारिकेडिङ गरिएको छ भने प्रहरी पनि तैनाथ गरिएको छ । पीटीआईका अनुसार दिल्ली पुलिसले कांग्रेसलाई विरोध प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको छ र नयाँ दिल्ली क्षेत्रमा निषेधाज्ञा लागू भएको बताएको छ। प्रधानमन्त्री निवासको घेराओमा कांग्रेस कार्यसमितिका सदस्य तथा दलका वरिष्ठ नेताहरुको सहभागिता रहनेछ । लोकसभा र राज्यसभाका सदस्यहरूले संसद भवनदेखि राष्ट्रपति भवनसम्म पदयात्रा गर्नेछन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:२३
प्रतिक्रिया दिनुहोस्