Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार वर्षपछि पुरा भएको प्रदीप चाहना

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–अभिनेता प्रदीप खड्का अभिनयमा जति अब्बल छन्, जुनको बोल्ने शैली पनि उत्तिकै अब्बल छ । उनी झुटो कुरा बोल्दैनन्, वास्तविकता जे हो, त्यही भन्छन् । चार वर्षअघि क्यानडा नेपालसँगको अन्तरवार्तामा प्रदीपले आफ्नो फिल्म होस् या अरु कसैको फिल्म विदेशी भाषामा डब भएर संसारका दर्शकले हेरुन् भन्ने चाहना राखेका थिए । चार वर्षअघिको त्यो प्रदीपको चाहना अहिले उनकै फिल्म ‘प्रेमगीत ३’मा आइपुग्दा पुरा भएको छ । ‘कुनै दिन नेपाली फिल्म मैले नै गरेको हुनुपर्छ भन्ने छैन । अरुले कलाकारको पनि हुनसक्छ । संसारको धेरैभन्दा धेरै भाषामा डब भएर चलेर विदेशी दर्शकले पनि हेर्न पाउनुपर्छ’, उनले अन्तरवार्तामा भनेका थिए । उनको यो भनाईलाई सही साबित गर्दै उनको फिल्म ‘प्रेमगीत ३’ आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गते भारतका विभिन्न सहरमा प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रमोसनका लागि अभिनेता प्रदीप, निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेत्री कृष्टिना गुरुङ यतिबेला भारतमा छन् । देशमा कोभिड महामारी बढेसँगै प्रदीप केही समय फुर्सदमा रहे । यो समयावधिमा उनलाई ‘ए मेरो हजुर ४’, ‘हनी बनी’, ‘वर एण्ड बधु’, ‘महापुरुष’ र ‘छड्के’बाट अभिनयको अफर आएको थियो । तर उनले कुनै पनि प्रस्तावलाई स्वीकार गरेनन् । [video width="480" height="640" mp4="https://www.canadanepal.com/uploads/articles/2022/08/video-1659681240.mp4"][/video]
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२४
प्रतिक्रिया दिनुहोस्