Nic Ad Nic Ad
Nic Ad Nic Ad

रन्जितलाई नक्षत्र फाउण्डेसनको सम्मान

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– अमेरिकाको नक्षत्र फाउण्डेसनले लोकप्रिय संगीतकार रन्जित गजमेरलाई सम्मान गरेको छ । अमेरिकामा बसोवास गरिरहेका नेपालीहरुको सक्रियतामा सञ्चालित फाउन्डेशनले बुधवार काठमाडौंमा नगद १ लाख राशीसहित संगीतकार गजमेरलाई सम्मान गरेको हो । कार्यक्रममा मेनुका फाउन्डेशनले पनि नगद ५० हजारसहित गजमेरलाई सम्मान गरेको थियो । नक्षत्रका सिइओ अर्जुन सुवेदीले नेपाली गीतसंगीतमा पुर्‍याएकाे योगदानको कदर स्वरुप गजमेरलाई सम्मान गरिएको बताए । कवि तथा रेडियो नेपालका निर्देशक नवराज लम्सालले गजमेर नेपाल, दार्जिलिङ र मुम्बईको संगीतको त्रिवेणी रहेको बताए । कार्यक्रममा गजमेरको सम्मानमा ‘गुँरास फुल्यो वनैभरि’, ‘मिर्मिरे साँझ सिमसिमे पानी’, ‘तिम्रो मनमा लुकेका कुरा’, ‘यो दुई थोपा आँशु’लगायतका गीतहरु विभिन्न गायकगायिकाले सुनाएका थिए । नक्षत्र फाउन्डेशनले सहयोग आवश्यक परेका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । फाउन्डेशनका सिइओ सुवेदीका अनुसार संस्थाको आर्थिक सहयोगमा हालै झापामा एक विद्यालय सञ्चालनमा आएको छ । फाउन्डेशनले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा पनि सहयोग हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार