Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुल्गेरियाका १४ कुटनीतिज्ञलाई रुसले गर्‍यो देश निकाला

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ । रुस र बुल्गेरियाबीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरूलाई निकाला गरेको हो । रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निणर्य भएको जानकारी गराएको थियो । निष्काशित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । बुल्गेरियाले आफ्ना कुटनीतिज्ञहरूलाई जस्तो व्यवहार गरेको थियो, त्यस्तै व्यवहार आफ्नो तर्फबाट बुल्गेरियालाई गर्नुपरेको रूसी पक्षको भनाइ छ । बुल्गेरियाका प्रधानमन्त्री किरिल पेत्कोभले गत जुनमा रुसी ७० कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गर्ने निणर्य गरिएको बताएका थिए । ती रुसी कुटनीतिज्ञहरूले बुल्गेरियाको चासो र चाहना विपरितका गतिविधि गरेकाले निष्काशित गर्नु परेको उनले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्