Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्रमा आक्रमण : युक्रेन र रुसबीच आरोप-प्रत्यारोप

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रमा आक्रमण भएपछि घटनाको लागि युक्रेन र रुस एकअर्कालाई दोष लगाएका छन् । आक्रमणपछि उर्जा संयन्त्रको रियाक्टर बन्द भएको छ । युक्रेनमा आक्रमण सुरु भएको केही समयपछि नै रुसी फौजले दक्षिणी युक्रेनस्थित जपोरिझझिया आणविक संयन्त्रलाई कब्जामा लिएको छ ।

रुसले आणविक संयन्त्रलाई ठूलठूला हतियार लुकाउन प्रयोग गरेको युक्रेनको आरोप छ । मस्कोले भने युक्रेनले विभिन्न बाहना बनाएर संयन्त्रमा प्रहार गर्ने गरेको आरोप लगाइरहेको छ ।

‘आणविक संयन्त्रको रियाक्टर नजिक तीन वटा आक्रमण भएको थियो,’ युक्रेनको सरकारद्वारा सञ्चालित आणविक उर्जा संयन्त्रका सञ्चालक एनरगोएटमले एक विज्ञप्तिमा भनेको छ । ‘आक्रमणले हाईड्रोनको चुहावट र रेडियोधर्मी विस्तारको जोखिम बढेको छ । आगजनीको खतरा एकदम उच्च छ,’ विज्ञप्तिमा भनिएको छ । जेन्सी

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:५४
प्रतिक्रिया दिनुहोस्