Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२ को तयारी

बुधबार, मंसिर ७, २०७९
भक्तपुर– प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ का लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । प्रतियोगिताा विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर ३ देखि ७ सम्म आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् । यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड– २०१८’ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । विगतमा अन्य प्रतियोगितामा छनोट भएका मोडलहरु पनि ‘मिस्टर मोडल अफ द वल्र्ड’मा प्रतियोगी हुने गरेकोमा अबदेखि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का विजेतामात्र नेपालको तर्फबाट ‘मिस्टर मोडल अफ द वर्ल्ड’मा सहभागी हुन पाउनेछन् । ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ । १८ देखि ३२ वर्ष उमेर समूहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । शनिबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि तथा एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर बीना श्रेष्ठ तथा मिस्टर मोडल अफ द वर्ल्डको आयोजक संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षरसमेत गरिएको थियो । एन प्लस प्रोफेसनलले प्रतियोगिताको टाइटल प्रायोजन गरेको छ । ‘मिस्टर मोडल अफ द वल्र्ड नेपाल’का इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षयजंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार