अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’
वासिङटन– अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् ।
ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिका हुन् ।
उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए ।
उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् । उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो ।
राष्ट्रपति बाइडेनलाई पुन: जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:५३
प्रतिक्रिया दिनुहोस्