माइपे ले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य रु. १ नै हुने
पछिल्ला दिनहरूमा युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ ।
१ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।
यससँगै माई पे प्रयोगकर्ताहरूले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजनको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङमा गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरू समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँढिएको माई पे को भनाइ छ ।
उदाहरणको लागि तपाईंले माई पे बाट रु १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ । जसमा रु २० क्यासको रुपमा तपाईंको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।
यसरी प्राप्त भएको क्वाइन अब ग्राहक महानुभावहरूले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नुहुनेछ । मानौं अघिको तपाईंको पहिलो कारोबारबाट २० क्वाइन जम्मा भएको छ । अब तपाईंले अर्को कारोबारको रुपमा रु १,००० को कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुगरे । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।
पहिलो विकल्प छनौट गर्दा तपाईंको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईंले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा तपाईंले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ ।
जस्तो रु १,००० को बिल तिर्दा तपाईंले रु ९८० तपाईंको बालेटमा भएको रुपैयाँबाट र रु २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ । यस भुक्तानी पछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।
‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याएका छौं ।’