एन्फाद्वारा ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट
काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ ।
दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो ।
गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो ।
पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी चुस्त नभएपछि एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्दै आइरहेको छ ।
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहेका छन्।
नेपाली युवा टोलीले एक महिनापछि श्रीलङ्कामा भदौ २० देखि भदौ २९ सम्म हुने यु–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:५९
प्रतिक्रिया दिनुहोस्