पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षमा उद्घाटन हुने
काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षमा उद्घाटन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार बबरमहलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति बैठकले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने निर्णय गरेको हो ।
ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ९८ प्रतिशत भौतिक काम सकिसकेको जनाइएको छ । ‘अब २ प्रतिशत काम भनेको उडान परीक्षण (क्यालिब्रेसन) लगायतका स–साना काममात्रै बाँकी रहेको बताइएको छ ।
यो परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो । पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्